यहि समाज हो एउटा श्रीमती निकालेर अर्को श्रीमती भित्र्याउने

२४ फाल्गुन २०७५, शुक्रबार १९:२५ मा प्रकाशित

 

महिलाहरुको लागि आफ्नो सारा समय अर्पेर समाज सेवामा सधै लागि पर्ने सोमा खत्री समुन्नत महिला मंचकी अध्यक्ष हुन् ।विगत ४ बर्षदेखि यस मंचमा अध्यक्ष भउकी उनी यस मंचलाई महासंघ बनाउन लागिपरेकीछिन् त्यसो त उनी नेपाल नारी चेतनशिल समाजको अध्यक्ष थिइन, १० बर्षसम्म चलाएको संस्थाको भर्खरै मात्र निवर्तमान अध्यक्ष भएकी हुन् । प्रस्तुत छ महिलाको काम र दुख लाई पहिलो प्राथमिकता दिने सोमा खत्रीसंगको कुराकानी :

–किन तपाईले महिलाको विषय नै छान्नुभयो ?

दुख पाउछन्,पीडा भोग्छन्,हिंसामा पर्छन् हेर्न सक्दिन,महिलाहरुको कथा ब्यथा जहां गएपनि उस्तै देख्छु त्यै भएर मैले घरपरिवार संग सम्झौता गरेर ब्यवहारिक पाटोलाई चटक्कै छाडेर महिलाकै लागि महिला नै लागि पर्नपर्छ भनेर यस क्षेत्रमा आएकीछु । घरपरिवार समाजमा बसेपछि सामाजिक कार्यमा लाग्नु नै ठीक लागेर महिलाको विषय छाने मैले ।

–कस्ता महिलाहरु आउनुहुन्छ तपाईकोमा सेवा लिन ?

घरेलु हिंसामा बढी पर्छन हाम्रा दिदीबहिनीहरु,आफ्नै घरभित्र सुरक्षित छैनन् महिलाहरु ।विवाह गरेर ल्याएछन् तर श्रीमान आफ्नो हुदैन,पीडित छन हाम्रा चेलीहरु । घरेलु हिंसामामा परेको महिलाहरु नै बढी आउने गरेकाछन् ।

–श्रीमान् बाट पीडित बढी आउछन् कि घर परिवार परिवारको अन्य सदस्यबाट पीद्धित ?

प्रायजसो श्रीमान बाट पीडित नै आउने गरेकाछन् । चावहिलको एउटा खानदानी परिवारको बुहारी सुत्नेलुगामै राती १२ बजे श्रीमान बाट निकालिएर आउनुभएकोथियो ।हामीले उहांको परिवार मिलायौ तर पछि डिपे्रशनमा जानुभयो,उहांको उपचार गरेर उहां छुटिनुभो अंश लिएर अहिले ती महिलालाई राम्रो छ त्यस्ता घटनाहरु थुप्रै छन् । नेपाल नारी चेतनशिल समाजबाट पनि ५०० जति यस्ता केशहरुको उद्दार गर्रयौ र अहिले समुन्नत महिला मंचको अध्यक्ष छु यसैबाट गर्छौ अब र यस मंचलाई महासंघको धारणमा बिस्तारपनि गर्दैछौ ।

–महिलाको कानूनी उपचार राम्रै भएको छ ?

उहांहरुले कानूनी उपचार न्यायिक पाउनुभएको छ,कानूनमा सामथ्र्य बनाउछौ हामी ।यहि समाज हो एउटा श्रीमती घरबाट निकालेर अर्को श्रीमती ल्याउने,एउटा बुहारी निकालेर अर्को बुहारी भित्र्याउने ।

–तपाई आफ्नो घरपरिवार कसरी व्यवश्थापन गरेर लाग्नु भएको छ ?

मैले सिधै भनेको छु सबैजनालाई,म समाजसेवामा हिड्छु,सामाजिक कार्यमा हिडेको बेला परिवारबाट कुनैकिसिमको बाधा नगर्नु,आफ्नै घरभित्र बिद्रोह गरेर निस्कनु राम्रो हुदैन ।परिवारले मेरो कुरा बुझिदियो र मैले परिवारलाई व्यवश्था गरेर हिडेको छु ।

–तपाई आफू चै कत्ति सम्म अफ्ट्यारोमा पर्नु भएको छनि ?

नसोध्नुस् यस्ता करा सजिला पाटा भन्दा अफ्ट्यारा पाटा बढी आउछन् जीवनमा,त्यसलाई सहजरुपमा लिनु नै सामाजिक सेवा हो र समाजसंग कुनै न कुनै रुपमा लडिरहनु पर्छ नै त्यो नै सामाजिक सेवा हो ।अफ्ट्यारोमा पर्यो भनेर काम छाड्ने कुरापनि आउदैन ।

–अरुलाई हिंसा नहोस भनेर लाग्नुहुने तपाई चै हिंसामा पर्नु भएको छ कि छैन ?
ओहो परिन्छ नि हिंसामा परेको कुरा त कति छन् आफू परेको हिंसामा अरु नपरोस भन्ने लागेर म लागेको ।मेरो दुई छोरी एक छोरा छन् उनीहरु लाईपनि समायोजन गरेर म यसमा लागे । घरभित्रमात्र हिंसा हुदैन बाहिर काम गर्ने शिलशिलामा बिभिन्न खाले हिंसा हुन्छ,भोग्छौ तर सजायपनि दिन्छौ ।

–अन्तमा अरु केही भन्नु छ कि ?

नारीहरु कोहीपनि कमजोर छैन,जहां नारीलाई ईज्जत गरिन्छ त्यो घर आफै पूर्ण हुन्छ,श्रीमान् श्रीमतीमा श्ांकाले बैमन्श्यता ल्याउछ,सधै घरमा कलह ल्याउछ,अर्काको कुरा सुनेर घरमा कलह गर्ने बानी त्यागौ सबैले,अर्काको श्रीमान् रामो्र देख्ने अर्काको श्रीमती राम्रो देख्ने प्रवृति हटाई आफ्नो घरलाई समुन्नत बनाऔ भन्न चाहन्छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा