काठ चोरीमा संलग्न एमाओवादीका पूर्व लडाकु पक्राउ

१४ श्रावण २०६९, आईतवार १५:१० मा प्रकाशित

चितवन, १४ साउन । माओवादी लडाकु शिविर तेस्रो डिभिजन जुटपानी चितवनको शिविरबाट पुरानो घरको काठ चोरी गरी लैजाने क्रममा माओवादीका दुई पूर्व लडाकु सहित ४ जना पक्राउ परेका छन् ।
माओवादी शिविर भित्र रहेको घरहरु भत्काएर सालका काठहरु बिक्री गर्न लैजाने क्रममा तेस्रो डिभिजनका माओवादी पूर्व लडाकु विनोद कुंवर र विष्णु रानाभाट तथा जुटपानी–३ का राजकुमार श्रेष्ठ र दिवस कुमाललाई स्थानीयले पक्राउ गरेका हुन् ।
माओवादीका पूर्व लडाकुहरुले शिविर भित्रका घरहरु भत्काए काठ चोरी गरेर विक्री गर्ने क्रम बढ्दै गएपछि नेपाली सेना र उदयपुर सामुदायिक वन उपभोक्ता समूह जुटपानीका हेरालुहरुले संयुक्त गस्ति बढाएका छन् ।
शिविर भित्रका संरचनाहरु निर्माण गर्ने क्रममा उदयपुर सामुदायिक वनका काठहरु प्रयोग भएका थिए ।
गस्ति टोलीले पक्राउ गरेका व्यक्तिसँग एक थान रिक्सा र करिब १० क्यू फिट सालको काठ बरामद गरेर कारवाहीका लागि जिल्ला वन कार्यालय भरतपुर चितवन पठाएको वन समूहका अध्यक्ष केशव लामाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

मुगु । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ ।

काठमाडौँ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन

काठमाडौँ ।  देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक