मणिपाल अस्पतालका चिकित्सक फेरि आन्दोलनमा : सम्पूर्ण सेवा ठप्प

१४ श्रावण २०६९, आईतवार १४:५८ मा प्रकाशित

कास्की, १४ साउन । आफ्ना माग पूरा नगरेको भन्दै पोखराको मनिपाल शिक्षण अस्पतालका चिकित्सक आजदेखि अनिश्चितकालिन आमहडतामा उत्रिएका छन् । उनीहरुले तीन वर्ष अघि राखेको माघ अझै सम्म पुरा नगरेको भन्दै चिकित्सकहरुले बिरामी जाँच बहिरंग, ओपीडी, शिक्षण लगायतका सबै सेवा बन्द गरेका छन् । आन्दोलनले उपचारका लागि टाढा/टाढाबाट आएका विरामीहरु अस्पतालमा अलपत्र परेका छन् । आफुहरुले पटक/पटक राखेको माग अस्पताल व्यवस्थापन पक्षले लागू गर्ने तर्फ कुनै चासो नदेखाएकाले बाध्य भएर आन्दोलनमा उत्रेको बताएका छन् । उनीहरुले सरकारले दिएको निर्देशन समेत नमानेर माग पूरा गराउने तर्फ व्यवस्थापन जिम्मेवार नदेखिएको आरोप लगाएका छन् । चिकित्सकहरु एकजुट भएर एकै ठाउँमा भेला भई विरामी जाँच, पढाउने काम सबै बन्द गर्ने घोषणा गरेका थिए । यसअघि भारतीय र नेपाली चिकित्सकबीच विभेद भएको भन्दै आन्दोलनमा उत्रिएको भए पनि यस पटक भारतीय र नेपाली दुवै तलब वृद्धिको माग सहित आन्दोलनमा उत्रिएका हुन । चिकित्सको आन्दोलनले बिरामी लिएर आएकाहरु टिकट नै नकाटी फर्केका थिए भने टाढाबाट आएका कतिपय अस्पताल बाहिर निराश भए बसेका थिए .

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा