प्रहरीको गोलीबाट चन्द नेतृत्वको माओवादी कार्यकर्ता घाइते

२३ फाल्गुन २०७५, बिहीबार २३:१७ मा प्रकाशित

कपिलवस्तु, २३ फागुन । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् ।

आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो ।
रोकाको घरबाट दुई थान एसएमजी, त्यसको म्यागजिन तीन थान, एसएमजी गोली ६८ राउण्ड, चाइनिज पेस्तोल एक थान र त्यसको म्यागजिन दुई थान, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी रोकाको घरबाट रिमोट कन्ट्रोल दुई थान, तार र बम बनाउने सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ बालुवाटारमा बस्न लागेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले पछिल्लो समय बढ्दै गएको