वरिष्ठताक्रम मिच्दै सरकारले पौडेललाई कामु मुख्यसचिव नियुक्त गर्यो

१४ श्रावण २०६९, आईतवार १३:३४ मा प्रकाशित

काठमाडौं, १४ साउन । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेललाइृ कायममुकायम मुख्यसचिव नियुक्त गरेको छ । मुख्य सचिवको चयनका विषयमा सत्तारुढ दलहरुबीच भएको पटकपटकको बैठक र विवादका बावजुद आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई मुख्यसचिवका रुपमा कम गर्न जिम्मेवारी तोकेको हो । सत्तारढ दलहरुबीच कामु मुख्यसचिव कसलाई तोक्ने भन्ने विषयमा विवाद बढेकोले बिहान ८ बजेका लागि बोलाइएको मन्त्रीपरिषदको बैठक १२ बजे मात्र बस्न सकेको थियो ।
विवाद समाधानका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसहितको उपस्थितीमा सत्तारुढ दलको शीर्ष वैठक बसेको थियो । यसअघि नै प्रधानमान्त्री डा वावुराम भट्टराईले प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेलाई कामु मुख्य सचिव बनाउने प्रस्ताव अघि सार्नुभएको थियो भने मधेशी मोर्चाका नेताहरुले मधेशका सचिव उमाकान्त् झा लाई अगाडि सारेको थियो ।
यसरी वरिष्ठताको रोलक्रम मिचेर सरकारले पौडेललाई मुख्यसचिव बनाएको छ । वरिष्ठताको आधारमा शंकरप्रसाद कोइरालालाई उक्त जिम्मेवारी प्रदान गरिनुपथ्र्यो । हालका मुख्यसचिव माधवप्रसाद घिमिरे आजैदेखि विदा बस्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा