नेपाल र बङलादेशबीच सचिवस्तरीय बाणिज्यवार्ता सुरु

१४ श्रावण २०६९, आईतवार १३:१५ मा प्रकाशित

काठमाडौं, १४ साउन । नेपाल र बङ्गलादेशबीच चौथो वाणिज्य सचिवस्तरीय वार्ता राजधानीमा सुरु भएको छ। द्विपक्षीय व्यापार अभिवृद्धि एवम् सहजीकरणबारे छलफलका लागि सुरु भएको वार्तामा नेपाली पक्षको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले गरेका छन् भने आठ सदस्यीय बङ्गलादेशी टोलीको नेतृत्व त्यहाँका वाणिज्य सचिव मोहम्मदगुलाम हुसेनले गरिरहेका छन्। नेपाली टोलीमा पन्ध्र सदस्य रहेका छन् । वार्तामा दुवै मुलुकका बजारमा केही वस्तुमा भन्सार शुल्करहित प्रवेश सुविधा उपलब्ध गराउने सम्बन्धमा छलफल हुनुका साथै पानीट्याङ्की, काँकडभिट्टा तथा फूलबारी बङ्गलाबन्द मार्गमा देखिएका कठिनाइ हटाउने उपायको खोजी गरिने तथा रोहनपुर(सिंहवाद मार्ग उपयोग गर्ने सम्बन्धमा पनि विचारविमर्श हुने बताइएको छ। हाल फूलबारी(बङ्गलाबन्द र काँकडभिट्टा (फूलबारी बङ्गलाबन्द पारवहन मार्ग सञ्चालित छ रबङ्गलादेशले अन्तर्राष्ट्रिय व्यापारका निम्ति नेपाललाई चटगाउँ(मोङ्ला बन्दरगाह उपलब्ध गराए पनि हालसम्म त्यसको उपयोग हुन सकेको छैन। वार्तामा वाणिज्य तथा आपूर्ति, परराष्ट्र, अर्थ, कानुन, भौतिक योजना, गृह र कृषि मन्त्रालयका वरिष्ठ अधिकृत सहभागी छन् भने खाद्य प्रविधि तथा गुणस्तर, औषधि व्यवस्था र भन्सार विभागका प्रमुख समेत सामेल छन् । त्यस्तै, नेपाल राष्ट्र बैंक, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र नेपाल इन्टरमोडेल यातायात विकास समितिका शीर्ष अधिकारी पनि वार्तामा संलग्न रहेका राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको