प्रवीण गिरी रहेनन्

१४ श्रावण २०६९, आईतवार १२:२० मा प्रकाशित


काठमाडौं, १४ साउन । फरक शैलीको समाचार वाचनका कारण रेडियो र टेलिभिजनमा लोकप्रिय वरिष्ठ सञ्चारकर्मी प्रविण गिरीको निधन भएको छ । आइतबार बिहान ७स्३० बजे राजधानीको ओम अस्पतालमा उहांको निधन भएको हो । क्यान्सरका विरामी ६२ वर्षीय गिरीलाई गत ५ गते अस्पताल भर्ना गरिएको थियो ।
रेडियो नेपालमा अढाई दशक र नेपाल टेलिभिजनमा दुई दशक समाचार वाचन गरेर लाखौं दर्शक तथा श्रोताको मन जितेका गिरी रेडियो र टेलिभिजनमा लोकप्रिय हुनुहुन्थ्यो । सरकारी जागिरबाट अवकास पाएपछि गिरी एभिन्यूज टेलिभिजनको संस्थापक समाचार प्रमुख हुनुहुन्थ्यो भने हिमालय टेलिभिजनमा पनि उहां संस्थापक समाचार प्रमुख रहनुभयो । गिरी त्रिभूवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र विषयका सहप्राध्यापकका रुपमा समेत कार्यरत हुनुहुन्थ्यो ।
स्वर्गीय गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा