सुरक्षा नीति परिमार्जनको प्रतिवेदन हस्तान्तरण

२० फाल्गुन २०७५, सोमबार २२:५२ मा प्रकाशित

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।

विसं २०७३ मा जारी भएको सो नीतिमा समयानुकूल परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन हस्तान्तरण गर्नुुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता नै भएकाले राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पु¥याउँदै आएको कुरा प्रशंसनीय रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले प्रतिवेदन बुझाउँदै नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको बताउनुभयो । राष्ट्रिय सुरक्षा परिषद्ले गत असोज १ गते सो नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते गठित ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको