पत्रकार त्रिपाठीको ‘प्रलय प्रारम्भ’ विमोचित

१४ श्रावण २०६९, आईतवार ०९:१३ मा प्रकाशित


काठमाडौं, १४ साउन । पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित पुस्तक ‘प्रलय प्रारम्भ’को शनिबार विमोचन भएको छ । मध्यपुर ठिमी नगदेसका किसानद्वय काजी नरसिंह कोली र कृष्णमान अवाल, दर्शनशास्त्रका प्राध्यापक वीरेन्द्र मिश्र, समालोचक डा. मोहनराज शर्मा, पर्यावरणविद् डा. डीबी सिंह र विद्यार्थी प्रतिज्ञा तिवारीले सो पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
त्रिपाठीको यो उपन्यास पहिलो पुस्तक कृति हो । जलबायु परिवर्तन र पृथ्वीको बढ्दो तापक्रमबाट सुदूर भविष्यमा मानवजातीलाई पार्ने असरबारे गम्भीर दार्शनिक दृष्टिकोण यो उपन्यासमा प्रस्तुत गरिएको छ ।
उपन्यासबारे पर्यावरणविद् डा. डीब िसिंहले पर्यावरणनीय कोणबाट समीक्षा गर्दै भन्नुभयो– ‘पुथ्वीको बढ्दो तापमान एवम् जलबायु परिवर्तन रोकी आगामी जीवनलाई अगाडि बढाउनका लागि यो उपन्यास प्रेरणादायी बन्नेछ ।’
यस्तै प्रा.डा. मोहनराज शर्माले साहित्यिक कोणबाट उपन्यासको समीक्षा गर्दै भन्नुभयो– ‘विज्ञान र परमाणु उत्कर्षबाट विश्वमा संकट सिर्जना भएको र यसबाट कसरी मुक्त हसने भन्ने कुरा उपन्यासको विषय बनेको छ ।’
सो कार्यक्रममा प्राध्यापक वीरेन्द्र मिश्रले पुस्तकका बारेमा दार्शनिक कोणबाट चर्चा गर्नुभएको थियो भने पत्रकार बबिता बस्नेतले पत्रकार त्रिपाठी र उपन्यासको पृष्ठभूमिबारे प्रकाश पार्नुभएको थियो ।
आफ्नो कृतिबारे लेखक देवप्रकाश त्रिपाठीले भन्नुभयो– ‘उपन्यासले मानव समाज, परम्परा, सामाजिक मूल्य र मान्यता तथा पृथ्वीमा आइरहेका प्रलयकारी संकटका बारेमा मानव समाजलाई सचेत र प्रतिवद्ध गराउने उद्देश्य बोकेको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको गाउँ नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौँ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री