अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु

२० फाल्गुन २०७५, सोमबार २२:४७ मा प्रकाशित

अलाबामा, अमेरिका, २० फागुन (एपी) – अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ ।

“पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो ।

जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको बताउनुभयो । सोमबार व्यापक खोज तथा उद्धारको कार्य गरिने उहाँले जानकारी दिनुभयो ।

जोन्सले आँधीबाट मानिसका घरहरुमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर धेरै मानिस घाइते भएको बताउनुभयो । उहाँले तत्काल उद्धार गरिएका सयौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।

आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ ।

न्यूयोर्क । अमेरिकाको साउथ क्यारोलाइनामा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित पाँचजनाको

अमेरिकाको राजधानी वासिङटनस्थित अमेरिकी संसद भवनको कम्प्लेक्समा आक्रमण हुँदा एक प्रहरी अधिकारी मारिएका छन् । आक्रमणमा अन्य एक अधिकारी घाइते