अमेरिकी प्रतिवद्धताको ‘एम-२८’ स्काई ट्रक विमान नेपाल पठाइदै

१९ फाल्गुन २०७५, आईतवार २३:११ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, १९ फागुन । अमेरिकाले नेपाललाई सहयोग प्रतिवद्धता गरेको नयाँ ‘एम-२८’ स्काई ट्रक (विमान) उपलब्ध गराउने भएको छ । अमेरिकी रक्षा विभागले जनाएअनुसार नेपाललाई दुई ओटा ‘एम-२८’ स्काई ट्रक (विमान) उपलब्ध गराउन ‘विगेष्ट पोलिस एयरक्राफ्टस’सँग सम्झौता गरिएको छ ।

१८.९ मिलियन अमेरिकी डलर (लगभग २ अर्ब १५ करोड) को उक्त सम्झौताबारे पेण्टागनले गत शुक्रबार (१ मे, २०१९) खुलासा गरेको हो ।

केही समयअघि नै भएको सम्झौताअनुसार अमेरिकाले दुईवटा विमान तत्काल उपलब्ध गराउन लागेको हो । बताइएअनुसार आगामी डिसेम्बर २० (पुष ५, २०७५) सम्ममा नेपाललाई विमान उपलब्ध भइसक्ने छ ।

नेपाली सेनाको प्रयोजनको निम्ति चारवटा विमान झिकाइने भनिए पनि तत्काल दुईवटा उपलब्ध गराइन लागिएको स्रोत बताउँछ । यसबारे नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेको छैन ।

डबल इञ्जिन भएको तथा पूरै धातुनिर्मित एम-२८ विमान ‘डबल भर्टिकल टेल’ र ‘रेअर क्लामसेल डोर’युक्त ‘कन्टिलिभर मोनोप्लेन’ हो । मिसन क्षमता, भारवहन शक्ति, सुरक्षा, स्वरुपलगायतमा अब्बल विशेषता भएको यो विमान गर्मी वा चिसो, वर्षात, जङ्गल, पहाड–मैदान जस्तोसुकै परिवेशको निम्ति उपयुक्त मानिन्छ । खासगरी नेपालजस्तो उच्च पहाडी भूभागका लागि यसको सेवा अनुकुल हुने बताइन्छ ।

स्मरणीय छ यस अघि अमेरिकासंग सिधै खरिद सम्झौता भएको नेपाली सेनाको लागि अत्यावस्यक हतियार (राइफल) नेपाली हतियार माफियाको कारण नेपालले भित्र्याउन सकेको छैन  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको