गरिब जनताका लागि स्वास्थ्य बिमा

१४ श्रावण २०६९, आईतवार ०८:२३ मा प्रकाशित


काठमाडौं, १४ साउन । आमजनताको लागि केही गर्न नसकेको आरोप खेप्दै आएको बाबुराम सरकारले उपचार गर्न नपाएर गरिब नेपालीको ज्यान नजाओस् भन्ने उद्देश्य जनाउंद साढे ७१ लाख गरिव नागरिकको स्वास्थ्य विमा गराउने योजना अघिसारेको छ । रोग वा घाउचोट हुँदा लागेको औषधि उपचार खर्च उपलब्ध हुने वार्षिक स्वास्थ्य विमा योजना कार्यान्वयनमा लैजाने सरकारले तयारी गरेको हो ।
बताइएअनुसार कुल खर्चको ८५ प्रतिशतसम्म सरकारले बेहोर्ने गरी विपन्न परिवारको स्वास्थ्य विमा गरिनेछ भने नियामक निकाय विमा समितिले ३५ हजार स्वास्थ्य विमा गर्दा वार्षिक रुपमा तिर्नुपर्ने सात सय रुपैयाँमध्ये ६ सय सरकारले व्यहोर्ने गरी कार्यक्रम ल्याउन लागेको छ । विमा गराउने परिवारले एकसय रुपैयाँ तिर्नुपर्छ । घाउचोट वा रोगब्याधि लागे विमावापत गरिवले बर्षमा ३५ हजार रुपैयाँसम्म उपचार खर्च पाउँने छन् । प्रत्येक विमा कम्पनीले देशका कम्तीमा तीनवटा बेग्ला बेग्लै जिल्ला समेट्ने गरी विपन्न वर्गको स्वास्थ्य विमा कार्यक्रम अघि बढाउन लागेको पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको