गायक कमल के क्षेत्रिको ” शिव ताण्डव ” सार्बजनिक( भिडियो सहित)

१९ फाल्गुन २०७५, आईतवार १२:२५ मा प्रकाशित

काठमाडौँ : बिगत लामो समयदेखि गीत संगीत अनि गायन विधामा पोख्त साथै सक्रिय हुदै आईरहेको गायक कमल के क्षेत्रिले यस पटक भने आफ्नो जीवनकै अर्ह्तात अहिले सम्मको संगीत यात्राकै भिन्न पाटो अर्थात् मेलोडी ,पप अनि प्रेमिल गीत गायन र रचनामा देखिएका गायक कमलले यस पटक आउदै गरेको महा शिवरात्रि पावन अवसरमा हिन्दु धर्मावलम्बीहरु र धर्ममा आस्था राख्ने हरुको लागि भनि बिशेस ” शिव ताण्डव ” लिएर आएका छन । आफु पनि शिव भक्ति अनि आफुलाई पनि धर्ममा बिस्वाश रहेको कारण यस पटक भने जीवनकै भिन्न यात्रा अर्थात् गायन यात्रामा अलिक छुट्टै स्वाद दिने र भगवान प्रतिको बिश्वाशलाइ प्रस्तुत गर्ने सोचले निअकि कठिन मेहेनत र लगावका साथ यो ” शिव ताण्डव ” तयार गरेको उनले बताएको छ ।

लामो समय देखि संगीत र गायन क्षेत्रमाइ अबब्ल र सक्रिय गायक कमलले यस अघि पनि निअकै हिट हिट गीत दर्शक श्रोता माझ प्रस्तुत गरिसकेको छ भने उनि अहिले पनि केहि फरक अनि नौलो स्वादका साथ आफ्ना शुभचिन्तकमाझ प्रस्तुत हुने विचारमै रहेको बताउछन । यस सार्वजनिक शिव भक्ति अर्थात् महा शिव रात्रीको अवसरमा तयार गरि सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा गायक कमल स्वयम् प्रस्तुत भएका छन भने भिडियोमा उनि संगै गितार बजाईरहेकोमा शैलेन्द्र बाबु प्रधानलाइ पनि देख्न सकिन्छा ।

पशुपति क्षेत्र वारिपानी नै छायांकन गरेको यस गीतको भिडियोलाइ अहिलेका चर्चित क्यामेरामेन अनिल के मानन्धरले खिचेका हुन् भने यस भिडियोलाई सम्पादन सिलन लम्सालले गरेका छन । अनिल के मानन्धरकै सहकार्यमा तयार यस गीत शैलेन्द्र बाबु प्रधानले नै रेकर्ड गरेका छन । गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरि तयार गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी