गोदामचौर बलात्कार घटनामा संलग्नलाई १० वर्ष कैद

१८ फाल्गुन २०७५, शनिबार ०८:२७ मा प्रकाशित

ललितपुर । जिल्ला अदालत ललितपुरले गोदामचौरमा सामूहिक बलात्कार पछि हत्या प्रयास गर्ने ३ जनालाई १० वर्ष कैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश धनसिंह महराको एकल इजलासले ३ जनालाई दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको हो । ललितपुर गोदावरी १ गोदामचौरकी २२ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने रघु सिलवाल, पवन कुँवर र विशालध्वज कार्कीलाई जनही १० वर्षको कैद सजाय सुनाएको हो।

उनीहरूले पीडितलाई जनही १ लाखका दरले तीन लाख क्षतिपुर्ति भर्नुपर्ने पनि जिल्ला अदालतले फैसला गरेको छ ।

१५ महिनाअघि बलात्कार भएको थियो । घटनाको पर्सिपल्ट बाटोमा बेहोस भेटिएकी थिइन्। उनले प्रहरी र अदालतसमक्ष सिलवाल, कुँवर र कार्कीले नै आफूमाथि बलात्कार गरेको भनि सनाखत गरेकी थिइन्। अदालतले उनले गरेको सनाखत कागज र वकपत्रलाई नै प्रमाण मानेको छ।

उनीहरूले बलत्कार गरेकोमा पाँच र सामुहिक बलात्कार गरेकोमा अर्को पाँच गरि १० वर्ष कैद हुने फैसलामा उल्लेख छ।

त्यस्तै बलात्कारपछि हत्या गर्न कोसिस गरेको भन्दै अदालतले ज्यानमार्ने उद्योगमा पनि दोषी ठहर गर्दै उनीहरूलाई जनही १०र१० वर्षको कैद सजाय गरेको छ।

त्यस्तै उनलाई बलात्कार गरेपछि उनको साथबाट ३ हजार रूपैँया चोरेर लगेकाले जबरजस्ती चोरी गरेको ठहर अदालतको छ। जसमा उनीहरू ६० दिन कैद बस्नुपर्ने छ। र चोरी भएको ३ हजार पनि तीनजनाले तीर्नुपर्ने छ। घटना भएको १५ महिनापछि अदालतले दोषीलाई कैद सजाय सुनाएको हो।

धेरै कसुरमा कैद गरेको भएपनि उनीहरू १० वर्षमात्रै जेल बसे पुग्छ। धेरै कसुरमा कैद तोकीएको भएपनि जुनमा धेरै वर्ष कैद छ त्यही मात्र लागु हुने उल्लेख छ। २०७४ साल मंसिर २ गते माइत गएकी महिला त्यतैबाट अफिस गइ गोदामचौरस्थित घर फर्किँदै गर्दा बलात्कारमा परेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका