टुट्यो मनीषाको दाम्पत्य जीवन

१४ श्रावण २०६९, आईतवार ०८:१० मा प्रकाशित


काठमाडौं, १४ साउन । विवाहको दुई वर्षमै बलिउड अभिनेत्री मनिषा कोइरालाले दाम्पत्य वीवन तोडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ०६७ असारमा उद्यमी युवा तथा इञ्जिनियर सम्राट दाहालसंग वैवाहिक सम्बनध गांसेदेखि नै उनको विवाहलाई विवादको विषय बनाइएको थियो ।
अभिनेत्री कोइरालाले आफ्नो वैवाहिक जीवनका बारेमा सामाजिक संजालका साइटमा असन्तोष पोख्न थालेपछि सम्राट र मनीषाबीचको चिसो सम्बन्धलाई लिएर केही महिनाअघिदेखि नै संचारमाध्यममा विभिन्न टिका–टिप्पणी हुन थालेको थियो । तर, उनीहरुबीचको दुईबर्षे वैवाहिक जीवनको अन्त्य भउको भारतीय संचारमाध्यम टाइम्स अफ इण्डियाको शनिबारको अनलाइनमा जनाइएको छ ।
वास्तवमा यो जोडीले केही साताअघि मात्र छुट्टिने निर्णय गरेको बताइन्छ । ‘कुनै बिबाह सफल हुन्छ कुनै हुंदैन । सम्राट र मनीषाले पनि आ–आफ्नो हिसाबले अघि बढ्ने जनाएका छन्’, उनको साथीको भनाई उद्धृत गर्दै सो संस्करणमा अगाडि लेखिएको छ । सम्राटसंग बैबाहिक सम्बनध गांसेपछि मनीषाले आफ्नो असन्तुष्ट वैवाहिक जीवनका बारेमा निकटका साथीसंगी र परिवारजनलाई गुनासो सुनाउने गरेको चर्चा यसअघि नै चलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर