नदीजन्य पदार्थ निकासीमा रोक

१४ श्रावण २०६९, आईतवार ०४:१५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, साउन १४ गते । सर्वोच्च अदालतले नदीजन्य पदार्थ निकासीमा रोक लगाएको छ । सर्बोच्चको अन्तरिम आदेश जारी गरी नदीजन्य पदार्थ निकासी रोकेको हो । सर्वोच्चको अन्तरीम आदेस सगैं भारत निकासी हुदै आएका नदी जन्य बस्तुहरु रोडाढुंगा, गिटी,बालुवाको भारत निकासी सोमबारबाट रुपन्देहीमा पनि रोकिएको छ । सर्बोच्च अदालतले असार २४ गते नेपाल सरकारक मन्त्री परीषद, स्थानिय बिकाश ,

बन , बाताबरण मन्त्रालय र जिल्ला बिकाश समितीलाई अन्तरिम आदेश जारी गर्दै ढुंगा गिटी बालुवा साउन १ गते देखि निकाशी नगर्नु र नगराउनुका साथै बिदेश निकासीको ठेक्का ब्यबस्था नगर्नु नगराउनु भन्ने आदेश जारी गरेको छ । जसका कारण सोमबार बाट भारत निकासी ठप्प भएको क्रसर ब्यबसायी महासंघका संयोजक तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
सर्बोच्चले अन्तरीम आदेश संगै नदी जन्य बस्तुहरु निकाशा गर्न मिल्ने नमिल्ने बारेमा अध्ययन गर्न प्राबिधिक समिती निर्माण गर्न समेत निर्देश गरेको छ ।
यस भन्दा अघि पनि अदालतको अन्तरिम आदेशपछि भारततर्फ निकासी रोकिएको थियो र पछी प्राबिधीक समितीको राय अनुसार निकाशी सुरु भई हालसम्म सोही अनुसार काम भैरहेको संयोजक शर्माले जनाउनुभयो ।
दुई बर्ष अघि पनि ब्यबस्थापिका संसदको प्राकृतिकश्रोत साधन समितीले नदीजन्य बस्तुहरुको निकाशीमा बन्देज लगाएको थियो ।
गत बर्ष भने सर्बोच्चको आदेशले रोकिए पछी बनाईएको प्राबिधीक समितीको राय सुझाबमा पुन उत्खनन गर्न नपाईने गरी मौज्दातमा रहेका गिटी बालुवाको कोटा निर्धारण गरी निकासी गर्न दिईएको थियो । ब्यबसायीले असार मसान्त सम्म कोटा अनुसार निकाशी गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल