कपिलवस्तुमा देजमोको अभियान टोलीमाथि भारतीय प्रहरीको हस्तक्षेप

केहीबेर तनावः भारतलाई कडा चेतावनी
१७ फाल्गुन २०७५, शुक्रबार १७:०२ मा प्रकाशित

कपिलवस्तु । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु जिल्लाको सीमावर्ती क्षेत्रमा स्थित महलिसागर बाँध अगाडिको ५१ नं पिलरमा पुगेको अभियान टोलीमाथि भारतीय एसएसपीले हस्तक्षेप गरेको छ ।

मोर्चाका केन्द्रीय सचिव परी थापा नेतृत्वको उक्त टोलीले त्यस क्षेत्रमा नेपाली भूभागमाथि भारतीय पक्षबाट अतिक्रमण गरिएको खबर आएपछि निरिक्षण तथा अनुगमनको राखेको थियो।

उकत क्षेत्रमा पुगेर स्थानीयसँग भेटघाट उक्त टोलीले गरेको र त्यहाँको समस्याका विषयमा सीमाक्षेत्रमै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका सचिव थापाले नेपाली भूभाग माथिको अतिक्रमण रोक्न भारतीय पक्षलाई कडा चेतावनी दिएका थिए ।

नारा जुलुश सहित त्यहाँ अभियान टोली पुगेको थियो । अभियान टोलीले भारतीय विस्तारवाद मुर्दावाद, नेकपा क्रान्तिकारी माओवादी जिन्दावाद, जस्ता नाराहरु लगाएका थिए ।

त्यसबाट त्रसित बनेको भारतीय प्रहरीको एक डफ्फा ड्रेस सहित हतियार बोकेर अभियान टोलीमाथि नियन्त्र गर्न उद्धत भएको टा्लीमा सहभागीले बताएका छन ।

उक्त कार्यक्रम सकेर फर्कने क्रममा अभियान टोलीको गाडीको चाँबी खोस्दै भारतीय प्रहरीले भारत बिरोधी नारा किन लगाएको, यहाँ कस्लाई सोधेर अाएकाे भन्दै हस्तक्षेपको प्रयास गरेपछि अभियानमा रहेकाहरुले पनि त्यसको कडा प्रतिकार गरेका थिए ।

त्यहाँको अवस्था असामान्य बन्ने अवस्था देखिएपछि जिल्ला प्रहरी कार्यालयले भारतीय प्रहरसिँग समन्वयन गर्दै चाँबी फिर्ता मागेरको थियो । तर अभियानमा रहेका अभियन्ताहरुले भने भारतीय विस्तारवाद मुर्दावाद भन्न छाडेनन, एक जनाले हरपलसँग बताए ।

अहिले त्यहाँबाट अभियान टोली बजारतर्फ अघि बढेको बतायएको छ । अभियान आज रुपन्देहीतर्फ जाने बताइएको छ । अभियान टोलीमाथि भएको भारतीय प्रहरीको दादागिरीको विभिन्न संघ, संस्था र बुद्धिजिवी नागरिकहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार