ब्युटीसियनलाई सम्मानजनक दृष्टिले हेर्न आग्रह

१३ श्रावण २०६९, शनिबार २०:०६ मा प्रकाशित

काठमाडौं, १३ साउन । सिटीईभिटी र सौन्दर्य ब्यवसायीहरुको छाता संगठन एबीसी हेन्डस्को सहकार्यमा सौन्दर्य ब्यवसायीहरुले ब्युटिसियन कलेज स्थापना गर्ने भएका छन् । सौन्दर्य व्यवसायीहरुको सशक्तिकरण र आर्थिक रुपमा सवल बनाउँदै सौन्दर्य ब्यवसायलाई शैक्षिक स्तरमा लैजान र पूर्ण रुपमा ब्यावसायिक बनाउन एबीसी हेन्ड्स नामक संस्था गठन गरेको सम्वद्ध अभियन्ताहरुले जानकारी दिए ।
राजधानीमा आयोजित एक कार्यक्रबीच सौन्दर्य व्यवसायीहरुले मुलुकभरमा रहेका चालिस हजार सौन्दर्य व्यवसायीहरुलाई एउटै छातामुनि ल्याएर उनीहरुको वृत्ति विकासका लागि संघ लागिपर्ने बताए । सो अवसरमा नारीका सम्पादक तथा संघका वरिष्ठ सल्लाहकार सुवास ढकालले महिलाहरुको बाहिरी सुन्दरता मात्र सुन्दरता नभएको भन्दै उनीहरुको भित्री गुण र ज्ञानलाई बाहिर ल्याउन सक्ने ब्युटीसियनहरुको संघलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । संघकी अध्यक्ष सीता पाठकले हालसम्म चासिल हजार व्युटिसियनहरु उत्पादन भएको र ९ हजार व्युटीसियनहरुले सरकारी मान्यता पाएको जानकारी दिइन् । उनले महिलालाई चुला र चौकामा रमाउने प्राणी भनिए पनि महिलाहरु पुरुषसँग प्रतिष्पर्धामा उत्रन सक्षम भएको भन्दै व्युटीसियन व्यवसायलाई राज्यले सम्मानजनक ढंगले हेर्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार