नक्कली कागजात बनाई बैंक ठग्ने पक्राउ

१३ श्रावण २०६९, शनिबार १९:५३ मा प्रकाशित

काठमाडौं, साउन १३ । नक्कली नागरिकता तथा अन्य कागजातहरु प्रयोग गरी विभित्र बैंक, फाइनान्स तथा सहकारी संस्थाहरुबाट ऋण तथा क्रेटिड कार्डहरु लिने पेशेवर ठगहरुलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर उपमहानगरपालिका–१२, मोरङका विजयकुमार दासलाई ललितपुर उमनपा–१३ कुसुन्तीबाट र थापाथुम्का–३, सिन्धुलकिा टंकनाथ आचार्यलाई ललितपुर महालक्ष्मीस्थानबाट पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाएको छ ।

२ बर्ष अघि विजयकुमार दासले विजय शर्माको नाममा १२१८३ नम्बरको नक्कली नागरिकता बनाएको, सो नागरिकताको सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझ्दा कार्यालयको अभिलेखमा उक्त नागरिकता नदेखिई नागरिकता नक्कली भएको पुष्टि हुन आएको, सोही नागरिकता र अन्य कागजातहरु प्रयोग गरी निजले इम्पेरियल फाइनान्स थापाथलीबाट २५ लाख ऋण लिएको, सोही नागरिकता र अन्य कागजातहरु प्रयोग गरी स्तुती फाइनान्स बानेश्वरबाट ११ लाख ऋण लिएको, सोही नागरिकता र अन्य कागजातहरु प्रयोग गरी स्टाण्डर्ड चार्टर्ड बैंक र ग्लोबल बैंकबाट १÷१ वटा क्रेडिट कार्ड लिएको खुल्न आएको छ ।
साथै करीव डेढ बर्ष अघि टंकनाथ आचार्यले बिनोद आचार्यको नाममा ६७५÷२१९८७ नम्बरको नागरिकता बनाएको, सो नागरिकताको सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझ्दा कार्यालयको अभिलेखमा उक्त नागरिकता नदेखिई नागरिकता नक्कली भएको पुष्टी हुन आएको, सोही नागरिकता र अन्य कागजातहरु प्रयोग गरी निजले स्टाण्डर्ड चार्टर्ड बैंक र ग्लोबल बैंकबाट १÷१ वटा क्रेडिट कार्ड लिएको खुल्न आएको प्रहरीले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार