आइएनजीओमाथि हस्तक्षेप गरिने युवा संघको उदघोष – परशुरामको बढुवा

१३ श्रावण २०६९, शनिबार १९:०२ मा प्रकाशित

काठमाडौं, १३ साउन । ‘जसले हान्यो त्यसले जान्यो’ भन्ने भनाई हाम्रो समाजमा बेलाबेलामा चरितार्थ हुनेगर्छ । यसैको पछिल्लो उदाहरण बनेर झुल्किएका छन् चरितार्थ चरितार्थ पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणका मुख्य योजनाकार भनि व्यापक चर्चा कमाएका पर्शुराम बस्नेत । यो नाम कसैको मनमस्तिष्कबाट विस्मृत भइसकेको भए यसरी पनि स्मरण गर्न सकिन्छ, उनी हुन् एमाले निकट युवा संघका युृवा नेता । विभिन्न बहुचर्चित क्रियाकलापहरुको पुरस्कारस्वरुप परशुराम बस्नेतलाई युवा संघले केन्द्रिय सदस्यमा बढुवा गरेको छ ।

त्यसो त बस्नेतसंगै संघले अन्य १९ जनालाई बढुवा गरी केन्द्रीय सदस्य मनोनयन गरेको छ । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले केन्द्रीय सदस्यको जिम्मेवारी दिएकाहरुमा दुर्गा गौतम, हिमाल लिम्बु, निरन्जन झा, प्रभात कटुवाल, हर्क राई, तेम्पा सिङघी लामा, निरेशलाल सिह, ध्रुव यादव, रेवत राना, देबराज पोख्रेल , मनोहर बुढाथोकी, कृष्ण विक, गजेन्द्र शाही, बाबुराम दाहाल, रविन्द्र लम्साल, ऋषि भुषाल, दिलिप न्यौपाने र गणेश जोसी छन् ।
अध्यक्ष महेश बस्नेतले जानकारी दिएअनुसार यूवा संघ नेपालले सरकारले पूर्व पदाधिकारीहरुलाई दिएको सुविधाको गाडी कब्जा गर्ने भएको छ । सुविधाका गाडिकब्जा सहित संघले सरकारविरुद्धको १० दिने आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । घोषित आन्दोलनका कार्यक्रम अनुसार साउन १६ र १७ गते बानेश्वरमा ४ बजे आधा घण्टा चक्का जाम गर्ने, साउन १८, १९ र २० गते ७५ जिल्लामै ४ बजेपछि आधा घण्टा चक्का जाम गर्ने, २० गते साँझ मसाल जुलुस, साउन २१ र २२ गते विहान ६ बजेदेखि १० बजेसम्म उपत्यका बन्द गर्ने लगायतका रहेका छन् । त्यसैगरी साउन २३ र २४ गते विहान ६ देखि १० बजेसम्म नेपाल बन्द र वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रममा अवरोध पुर्याउने र कालो झण्डा देखाई बहिस्कार गर्ने कार्यक्रम पनि रहेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महेश बस्नेतले राजनीतिक दलहरुवीच सहमतिको सम्भावना क्षीण बन्दै गएको र सरकार सुध्रिने मनस्थितिमा नरहेको स्पष्ट भएको भन्दै वर्तमान सरकारलाई सत्ता च्युत गर्न आन्दोलनको विकल्प नभएको बताए । उनले एमालेकै नेताहरुले लिएको सुविधाको सवारी साधनसमेत कब्जामा लिने चेतावनी दिए। बस्नेतले संघले आफ्नो आन्दोलनलाई यसपटक तराईमा केन्द्रित गर्ने जानकारी दिंदै तराई मधेस जागरण अभियानअन्तर्गत मधेसी जनताका भावनाविपरित भ्रष्टाचार, डकैति, रातो पासपोर्ट दुरुपयोगलगायतका घटना संस्थागत रुपमा बढेकोले त्यसलाई परास्त पार्न मधेस केन्द्रित आन्दोलन थालिने जनाए । यसैगरी उनले नेपालमा आएका आईएनजीओले देशमा विदेशी हस्तक्षेप बढाएको दाबी गर्दै उपाध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा आइएनजीओहरुको क्रियाकलाप र गतिविधीको विषयमा हस्तक्षेपकारी अभियान अगाडि बढाउन समिति गठन गरेको समेत जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्