एक अर्काको लडाकू विमान खसालेको भारत र पाकिस्तानको दावी

१५ फाल्गुन २०७५, बुधबार १३:५८ मा प्रकाशित

काठमाडौँ, १५ फागुन । पाकिस्तानी सेनाले भारतका दुई लडाकू विमानलाई खसालेको दाबी गरेको छ भने भारतले पाकिस्तानी सेनाको एफ १६ लडाकू विमान खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेर पाकिस्तानी वायु सेनाले पाकिस्तानी एयर स्पेसमा प्रवेश गर्ने दुई भारतीय लडाकू विमान खसालेको जानकारी दिएका छन् ।

यसैगरी भारतीय पक्षले पाकिस्तानी सेनाको एफ १६ लडाकू विमान खसालेको दाबी गरेको छ ।

दुई लडाकू विमानमध्ये एक एजेएण्डके मा खसेको र अर्को आईओकेमा खसेको आसिफले बताएका छन् । एक भारतीय पाइलटलाई पक्राउ गरिएको पनि उनले दावी गरेका छन् ।

उता पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन्, ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमाभित्र बसेर नियन्त्रण रेखाको अर्कोतर्फ बमबारी गरेको छ ।’

‘यद्यपी, यो भारतको व्यवहारको जवाफ होइन । पाकिस्तानले जनधनको क्षती नहोस् भन्नका लागि गैर–सैन्य लक्ष्यलाई निशाना बनाएको हो ।’

तर समाचार एजेन्सी पिटिआई र रोयटर्सका अनुसार बालाकोट हमलाको भोलिपल्ट अर्गात् बुधबार पाकिस्तानका विमानले भारतीय वायु सीमामा प्रवेश गर्यो ।

समाचार एजेन्सीका अनुसार पाकिस्तानी विमान जम्मू–कश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा प्रवेश गरेको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार भारतको विमानले पाकिस्तानी विमानलाई भगाउन बाध्य बनाएको जसका कारण त्यो पाकिस्तान प्रशासित काश्मिरतर्फ भागेको छ । यद्यपी भारत र पाकिस्तानको दावीलाई पुष्टि गर्ने स्वतन्त्र आधार छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ