पूर्व विशिष्ठलाई दिएको सरकारी सुविधा खारोज गरिनु पर्छ : सभापति कोइराला

१३ श्रावण २०६९, शनिबार १८:५८ मा प्रकाशित

काठमाडौं, १३ साउन । राष्ट्रिय राजनीतिकमा सक्रिय रहेका व्यक्तिहरुलाई राज्यकोषबाट कुनै पनि सुविधान दिन नहुने नेपाली काग्रेस सभापति सुशील कोइरालाले बताएका छन् ।
आर्थिक मितव्ययिता कायम गर्नुपर्नेमा काम चलाउ सरकारले अधिकार क्षेत्र भन्दा बाहिर गएर मुलुकले धान्न नसक्ने गरी पूर्व विशिष्ट पदाधिकारीलाई सेवासुविधा दिने भनेर गरिएको निर्णय असान्दर्भिक र अबैज्ञानिक रहेको बताए ।
पुर्व विशिष्ठहरुलाई सरकारले दिएको सुविधाको विरोध गर्दै नेपाल नागरिक समाजले राजधानीको रत्नपार्कमा बसेको अनसनमा समापनका अवसरमा सभापति कोइरालाले यस्तो बताएका हुन् । उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन मुलुकका हरेक सचेत नागरिकको अहम् भूमिका रहने बताए ।
नागरिक समाजले मुलुकमा आर्थिक पारदर्शिताका लागि थालेको आन्दोलन सान्दर्भिक र जायज छु, उनले भने, ‘पूर्व विशिष्ट पदाधिकारीलाई सेवासुविधा दिन लाग्ने खर्च मुलुकका गरिब जनताको गास बासमा लगाउन सके त्यो प्रभावकारी हुन्’
सरकारले मुलुकका पूर्व प्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्व प्रधानन्यायाधीशलगायतलाई आजीवन इन्धन खर्च, सेवासुविधा र आवास खर्च दिने निर्णय गरेपछि त्यसको विरोधमा समाजले रिले अनशन थालेको थियो । अनसनमा नौ हजार ५ सय व्यक्ति र ६२ वटा सङ्घसंस्थाले ऐक्यबद्धता जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा