रिमेक फ्लपले रोकियो आर्यनको डेब्यु

३० फाल्गुन २०६८, मंगलवार ०८:३३ मा प्रकाशित


बंगाली सिनेमामा अभिनेता आर्यन सिग्देलको सम्भावित डेब्यु रोकिएको छ । बंगाली सिनेमा कम्पनी देव क्रिएसनले यो रोकावट औंल्याएको हो । पाँच लाखमा रिमेक राइट खरिद गरिएको नेपाली सिनेमा ‘कसले चोर्‍यो मेरो मन’को बंगाली रिमेक सिनेमा फ्लप बनेपछि आर्यनलाई लिने कम्पनीको पूर्वसर्त उल्टिएको हो । रिमेक गर्दाको सिनेमाको खर्च १५ लाख मार्क भएको थियो ।
तर, बंगालका हलहरूमा सिनेमा चारदिन पनि चलेन । अकुपेन्सी डिजास्टर भैदियो । उल्टै देव क्रिएसनलाई २४ लाख घाटा लाग्यो । बंगाली डबिङ, सेन्सर, बंगाली दृश्य र एनिमेसन खर्चसहित हलबाट सिनेमा झिक्दा समेतको खर्च निर्माताले आफ्नै गोजीबाट पैसा झिक्नुप¥यो ।
‘आर्यन नचलेर उक्त बंगाली सिनेमा फ्लप भएको हो’ स्रोत भन्छ, ‘बंगाली लुक्स भैदिएको भएपनि केही राहत पुग्थ्यो ।’ उक्त सिनेमाको नेपाली ‘कसले चोर्‍यो मेरो मन’ले भने नेपालमा सन्तोषजनक आम्दानी गरेको थियो । डेब्यु नगर्दै आर्यनको पारिश्रमिकको चर्चा पनि थियो । तर, पछिल्लो समय स्वयम आर्यनबाटै यस कुराको चर्चा सुनिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको

कास्की । कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ,

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट