कमल थापाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ बुधबारदेखि

१३ फाल्गुन २०७५, सोमबार २२:५७ मा प्रकाशित

बनियानी, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन १५ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन गर्ने भएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी १५ दिने अभियानबारे पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । “ताप्लेजुङको पाथीभरा मन्दिरमा धार्मिक अनुष्ठान गरी यात्रा शुभारम्भ गरिनेछ”, उहाँले भन्नुभयो, “अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ ।”

पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन गरिने पार्टीले जनाएको छ । यात्राका क्रममा २५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री लिङ्देनले बताउनुभयो । “हाल यो यात्रा ३६ जिल्लामा दुई हजार ८०७ किलोमिटरको हुनेछ”, उहाँले भन्नुभयो । यात्राका क्रममा प्रत्येक दिन यात्रा प्रारम्भ र विश्राम धार्मिक अनुष्ठान हुनेछ भने यात्रामा सनातन धर्म, परम्परा, संस्कृति एवम् राष्ट्रियता झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर