अमेरिकाले नेपाली सेनालाई सघाउने

१३ फाल्गुन २०७५, सोमबार २२:५५ मा प्रकाशित

काठमाडौँ, १३ फागुन । नेपालको औपचारिक भ्रमणमा रहनुभएका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग आज जङ्गी अड्डामा भएको भेटमा उहाँले नेपाली शान्ति सैन्यले विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्दै शान्ति सैन्यका निम्ति पनि नेपाली सेनालाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच प्रधानसेनापति थापासँग यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले पनि शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाली सेना र युरोपेली सङ्घबीचको पारस्परिक सम्बन्धका साथै नेपाली सेनाको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभएको पनि उक्त निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । आन्तरिक किचलोका कारण बिभाजनको अन्तिम बिन्दुमा पुगेको बेला सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको