उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई

१३ फाल्गुन २०७५, सोमबार २२:४२ मा प्रकाशित

काठमाडौँ, १३ फागुन । ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आज यहाँ सम्पन्न भयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ (निब्दो मैनवत्ती) ले हात पारेको छ । नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

यसैगरी केसीले नै उत्कृष्ट कथा निर्देशकको समेत अवार्ड पाउनु भएको थियो । उत्कृष्ट स्क्रीन चलचित्र अवार्ड शिवम् अधिकारीद्वारा निर्देशित ‘पञ्चायत’ चलचित्रले प्राप्त गरेको छ । छोटो चलचित्रमध्येबाट शेनाङ्ग ग्याम्जो तामाङद्वारा निर्देशित चलचित्र ‘सुपरमोङक’ उत्कृष्ट भएको छ । यस्तै छोटो चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड ‘मदर’ चलचित्रका निर्देशक परिच्छेद सेनले प्राप्त गर्नुभएको छ ।

यसैगरी अन्तर्राष्ट्रियतर्फ छोटो चलचित्रमा बङ्गलादेशको ‘मिन अल्याप’ उत्कृष्ट भएको छ । सुवर्ण सेन्जुटि तुल्सीद्वारा निर्देशित उक्त चलचित्रले नगद रु ५० हजार प्राप्त गरेको थियो । यस्तै उत्कृष्ट कथा चलचित्र सिङ्गापुरको ‘द ल्याण्ड इमेज’ले प्राप्त गरेको छ ।

महोत्सवको समापन अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले महोत्सवले मुलुकको राष्ट्रिय एकता र विविधतालाई जोड्ने बताउनुभयो ।

उहाँले यस्ता महोत्सवले विभिन्न मुलुकको सांस्कृतिक र कुटनीतिक क्षेत्रलाई नजिक ल्याउन सहयोग पु¥याउने बताउँदै समाजमा कतै नसुनिएका र नदेखिएका कुरालाई चलचित्रले कलाको माध्यमबाट प्रस्फुटन गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले देश र श्रमको सम्मान, आफ्नो संस्कृतिको पहिचान र मुलुकलाई एकतामा बाध्ने खालका चलचित्र हुनुपर्नेमा जोड दिदैं सरकारले कानून र संरचना निर्माणमा ढिलो नहुने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

नेपालका लागि बाज्रिलका राजदूत मारिया टेरेसा मेस्कुरा पेसोआले यस्ता महोत्सवले विभिन्न देशको सांस्कृतिक एकतालाई नजिक ल्याउने बताउनुभयो ।

पाँच दिनसम्म राष्ट्रिय सभागृहमा सञ्चालन भएको महोत्सवमा नेपालसहित बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्सलगायत ३० देशका छोटा र लामा चलचित्रले भाग लिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

उहाँले विभिन्न ६०० चलचित्रबाट ६० वटा उत्कृष्ट चलचित्रलाई प्रदर्शनमा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ