नेपाली फुटबलको विकास गर्छु: प्रशिक्षक कलिन

१३ फाल्गुन २०७५, सोमबार ०८:३७ मा प्रकाशित

काठमाडौँ, १२ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताउनुभयो । प्रशिक्षक कलिनले एन्फासँगको सम्झौतामा अवसर र चुनौती दुवै रहेकाले आसन्न साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो ।

विसं २०७० मा काठमाडौँमा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको जिम्मेवारी समाल्न उहाँ नेपाल आउनुभएको थियो । सो प्रतियोगितामा कलिनको प्रशिक्षणमा रहेको मच्छिन्द्र क्लब दोस्रो भएको थियो । “नेपाली फुटबलमा ठूलो सम्भावना छ”, कलिनले भन्नुभयो । उहाँले आगामी चैतमा मलेसियासँग हुने मैत्रीपूर्ण खेलको तयारीमा जुट्ने बताउनुभयो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कागजी प्रक्रिया मिलाउन बाँकी रहेकाले कलिनसँगको सम्झौताबारे केही दिनमा सार्वजनिक गरिने बताउनुभयो । एन्फाले स्विडेनका नागरिक कलिनसँग दुई वर्षका लागि सम्झौता गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका