शोभराजको कैद छुटबारे परमादेश

१३ फाल्गुन २०७५, सोमबार ०८:३५ मा प्रकाशित

काठमाडौँ, १२ फागुन । सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

कारागार ऐनमा असल चालचलन भएका ७० वर्ष पुगेका ज्येष्ठ कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । सोही व्यवस्थानुसार सजाय भोगिरहेका विदेशी नागरिकका हकमा पनि लागू गर्न रिट निवेदनमा माग गरिएको थियो । काठमाडौँ र भक्तपुर जिल्ला अदालतले अमेरिकी र क्यानडाली नागरिकको हत्या गरेको ठहर गर्र्दै शोभराजलाई जन्मकैदको फैसला सुनाएको थियो । शोभराजले सन् २००३ देखि कैद सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार