शिक्षाको गुणस्तर कायम गर्न सरकार प्रतिवद्ध छ : शिक्षामन्त्री शर्मा

१३ श्रावण २०६९, शनिबार १६:४१ मा प्रकाशित

काठमाडौं, १३ साउन । शिक्षामन्त्री दीनानाथ शर्माले शिक्षाको गुणस्तर कायम गर्न सरकारले जस्तोसुकै कदम पनि चाल्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय अभिभावक सङ्घद्वारा आज गत वर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई सम्मानित गर्दै मन्त्री शर्माले परीक्षामा शुद्धता कायम गरिएकै कारण २०६८ सालको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भए पनि शिक्षाको गुणस्तर खस्कन नदिएको बताउनुभयो ।
उहाँले सामुदायिक र निजी विद्यालयका बीचमा आवश्यक साझेदारी गर्नुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा गत वर्षको परीक्षामा उत्कृष्ट छात्र बाल कल्याण विद्यामन्दिर मोरङका अरूण कालिकोटे, उत्कृष्ट छात्रा महेन्द्र विद्याश्रम भक्तपुरका आरती श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा

आजको प्रमुख समाचार