दमकका शरणार्थीहरूलाई तरकारी अभाव

१३ श्रावण २०६९, शनिबार १६:३४ मा प्रकाशित

दमक, १३ साउन । तरकारीको मूल्य बढेको भनेर ठेकेदारले तरकारी नदिएपछि झापा र मोरङका शरणार्थीले डेढ महिनादेखि तरकारी पाएका छैनन् । शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय संस्था युएनएचसिआरले लुथरन विश्व महासङ्घलाई शरणार्थीहरूको खाद्य प्रबन्ध गर्ने जिम्मा दिएको हुन्छ । तर तरकारी पु¥र्याउने जिम्मा पाएको गौरव सप्लायर्सले डेढ महिनायता शिविरमा तरकारी नपठाएपछि शरणार्थीहरू तरकारीबिनै खाना खाइरहेका छन् ।
बेलडाँगी शिविर सचिव धनवीर सुब्बाले सात हप्तायता शिविरमा तरकारी नआएको बताउनुभयो । प्रत्येक शरणार्थीले साताको २५० ग्राम तरकारी पाउँदै आएका छन् ।
ठेकेदारले लुथरनसँग गरेको सम्झौतामा मौसमअनुसारको फलफूल वितरण गर्ने सहमति हुन्छ । तर सधैँ फर्किदिएपछि शरणार्थीहरूले अस्वीकार गरेका थिए । ठेकेदार संस्थाले भने तरकारीको मूल्यमा ४० प्रतिशतले वृद्धि भएका कारण शिविरमा तरकारी पठाउन नसकिएको जनाउँदै आएको छ । उसले भनेको छ– सम्झौताको दौरानमा सब्जीको मूल्य र अहिलेमा धेरै अन्तर आइसकेको छ । शरणार्थीहरूले भने फर्सी कुहिएको र खान योग्य नभएको भनेर फिर्ता पठाउँदै आएका थिए । उनीहरूले फर्सीकै मूल्यका अन्य तरकारी दिनसमेत माग गरेका थिए । त्यस बेलादेखि शिविरमा तरकारी आयात भएको छैन । अहिले मोरडको शनिश्चरे र बेलडाँगी शिविरमा ४७ हजार शरणार्थी बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज