सरकारले दियो सहुलियत दरमा विद्युत् मिटर बक्स

१३ श्रावण २०६९, शनिबार १६:३१ मा प्रकाशित

परासी, १३ साउन । दलित समुदायलाई विद्युत् मिटर बक्समा छुट दिने नेपाल सरकारको नीतिअनुरूप नेपाल विद्युत् प्राधिकरण परासी शाखाले गत आर्थिक वर्ष २०६८/०६९ मा २४६ जनालाई छुट दरमा विद्युत् मिटर बक्स प्रदान गरेको छ ।
दाउन्नेदेखि पश्चिम परासी क्षेत्रका ४० गाँउ विकास समितिका दलित समुदायलाई सहुलियत दरमा मिटर बक्स प्रदान गरेको नेपाल विद्युत् प्राधिकरण परासी शाखाले जनाएको छ । ५०० दलित समुदायलाई विद्युत् मिटर बक्स दिने सो शाखाको लक्ष्य रहेको भए पनि हालसम्म २४६ जनालाई मिटर बक्स प्रदान गरिएको जनाइएको छ ।
यसै क्रममा त्रिवेणी विद्युत् उप केन्द्रले पनि सो क्षेत्रका १०३ जना दलित समुदायलाई मिटर बक्स प्रदान गरेको छ । त्रिवेणी उपकेन्द्रअन्तर्गत पर्ने नर्सही, पक्लिहवा, रूपौलिया र कुडिया गाँउ विकास समितिका एक १०३ जनालाई उपकेन्द्रले मिटर बक्स प्रदान गरेको हो । विद्युत् जडानका लागि प्राधिकरणले मिटर बक्स र एमसिबी उपलब्ध गराउने तथा ग्राहकले तारलगायतका अन्य सामग्री खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै जिल्लाको दुम्कीवासदेखि पूर्व गैँडाकोटसम्मको कार्य क्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाले पनि त्यस क्षेत्रका २१२ जना दलित समुदायलाई मिटर बक्स प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द