‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी

९ फाल्गुन २०७५, बिहीबार ००:२६ मा प्रकाशित

काठमाडौँ, ८ फागुन । श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक स्पोर्टस् क्लबविरुद्ध भगवतीका दर्शनले ह्याट्रिक गरेका हुन् । दर्शनको ह्याट्रिकसँगै जारी ‘बी’ डिभिजन लिगमा दोस्रो ह्याट्रिक पूरा भएको छ ।

दर्शनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेका थिए । दर्शनले पहिलो हाफको २४, ३६ र दोस्रो हाफको ६७ मिनेटमा गरी ह्याट्रिक पूरा गरे । अर्काे गोल खेलको अतिरिक्त समयमा गरे । यसअघि टुसाल युथ क्लबका एलन राईले ह्याट्रिक गरेका थिए । दर्शनको ह्याट्रिकसँगै ‘बी’ डिभिजन लिगमा भगवतीले दोस्रो जीत निकाल्दै पुल्चोकलाई ६–० गोल अन्तरले पराजित गरेको छ । भगवतीका लागि दुई गोल आजको जीतसँगै तालिकामा छ अङ्क जोडेको छ ।

त्यसैगरी कार्लोस बखरियाले २६ औं र मोहनबहादुर थापामगरले ८१औँ मिनेटमा एक–एक गोल गर्दै भगवतीलाई ६–० को अग्रता दिएका थिए । यसैबीच आजै भएको अर्को खेलमा आरसिटी र ब्वाइज युनियन क्लबले एक, एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ब्वाइजका आकाश राईले ५१औँ मिनेटमा पहिलो गोल गरे । आरसिटीका नवराज गुरुङले ८६औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । लिगमा ‘बी’ डिभिजनका १२ क्लब सहभागी छन् ।

लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी