काठमाडौ, १३ साउन । यूवा संघ नेपालले सरकारले पूर्व पदाधिकारीहरुलाई दिएको सुविधाको गाडि कब्जा गर्ने भएको छ । संघले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर सुविधाका गाडि कब्जा सहितका सरकार विरुद्धको १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
यूवा संघले साउन १४ गते उपत्यका भेला गरेर आन्दोलनको सुरुवात गर्ने छ । घोषित आन्दोलनका कार्यक्रम अनुसार साउन १६ र १७ गते बानेश्वरमा ४ बजे आधा घण्टा चक्का जाम गर्ने, साउन १८, १९ र २० गते ७५ जिल्लामै ४ बजेपछि आधा घण्टा चक्का जाम गर्ने, २० गते साँझ मसाल जुलुस, साउन २१ र २२ गते विहान ६ बजेदेखि १० बजेसम्म उपत्यका बन्द गर्ने लगायतका रहेका छन् ।
त्यसैगरी साउन २३ र २४ गते विहान ६ देखि १० बजेसम्म नेपाल बन्द र बर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रममा अवरोध पुर्याउने र कालो झण्डा देखाए बहिस्कार गर्ने कार्यक्रम पनि रहेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष महेश बस्नेतले राजनीतिक दलहरुवीच सहमतिको सम्भावना क्षिण बन्दै गएको र सरकार सुध्रिने मनस्थितिमा नरहेको स्पष्ट भएको भन्दै सरकारलाई सत्ता च्यूत गर्न आन्दोलनको विकल्प नभएको बताए ।
उनले एमालेकै नेताहरुले लिएको सुविधानको सवारी साधन समेत कब्जामा लिने चेतावनी दिदै सरकारलाई सुविधान भन्दा पनि जनतालाई मल उपलब्ध गराउन सुझावदिए । बस्नेतले संघले आफ्नो आन्दोलनलाई यसपटक तराईमा केन्द्रीत गर्ने जानकारी दिदै तराई मधेस जागरण अभियान अन्र्तगत मधेसी जनताका भावना विपरित भ्रष्टाचार, डकैति, रातो पासपोर्ट दुरुपयोग, डकैति लगायतका घटना संस्थागत रुपमा बढेकोले त्यसलाई परास्त पार्न मधेस केन्द्रीत आन्दोलन थालिएको जानकारी दिए ।
अध्यक्ष बस्नेतले नेपालमा आएका आईएनजीओले नेपालमा विदेशी हस्तक्षेप बढाएको दावी गर्दै उनीहरुको क्रियाकलाप र गतिविधीको विषयमा पनि यूवा संघले हस्तक्षेपकारी अभियान अगाडि बढाउने बताए । जसकालागी यूवा संघले उपाध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा समितिनै गठनसमेत गरेको छ ।
त्यसैगरी संघले केन्द्रीय कमितिमा दुर्गा गौतम झापा, हिमाल लिम्बु सुनसरी, पर्शुराम बस्नेत मोरङ, निरन्जन झा सप्तरी, प्रभात कटुवाल खोटाङ, हर्क राई सोलुखुम्बु, तेम्पा सिङघी लामा रसुवा, निरेशलाल सिह काठमाडौ, धु्रब यादव बारा, रेवत राना पाल्पा, देबराज पोख्रेल रुपन्देही, मनोहर बुढाथोकी दाङ, कृष्ण विक, गजेन्द्र शाही, बाबुराम दाहाल रौतहट, रविन्द्र लम्साल बाँके, ऋषि भुषाल तनहुँ, दिलिप न्यौपाने चितवन र गणेश जोसी दार्चुलालाई मनोनयन समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ
यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै
नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ
बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको