कनिष्ठ सचिवहरुबाटै मुख्य सचिवको नियूक्ती हुनेछः मन्त्री त्रिपाठी

१३ श्रावण २०६९, शनिबार १५:२९ मा प्रकाशित

काठमाडौ, १३ साउन । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले यसपटक पनि कनिष्ठ व्यक्ति नै मुख्य सचिव बन्ने बताएका छन् । उनले यसअघिको नजिरलाई स्थापित गर्दै बरिष्ठतालाई मिचेर कनिष्ठबाटै नयाँ मुख्य सचिव नियूक्ती हुने जानकारी दिए ।
शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री त्रिपाडीले अघिल्लो पटकको जस्तै यसपटक पनि नीति मिचेरनै मुख्य सचिवमा बढुवा हुन्छ । उनले सरकारको व्यङ्ग्या गर्दै भने, ‘हाम्रोमा बरिष्ठता मिचेर आफू निकट मान्छेलाई ल्याउने गौरबशाली परम्परा त्यसै अनुसार यसपटक पनि सोही गौरबशाली परम्परालाई निरन्तरता दिईने छ ।’
कार्यक्रममा मन्त्री झाले मधेसी मोर्चाबाट उद्योग सचिव उमाकान्त झालाई मुख्य सचिव बनाउन लागि परेको स्पष्ट पारे । सक्रमणकालमा पुरानो परम्परा परिवर्तन गर्न र रोक्न नसकिने बाध्यता पोख्दै त्रिपाठीले थपे सचिवहरु आफै राजनीतिक लविङ गरेर हिड्ने गरेकोले पनि मुख्य सचिव नियूक्तीमा अप्ठ्यारो परेको सुनाए । उनले आईतवार बस्ने मन्त्री परिषदको बैठकले सहमतिमै कार्यबाहक मुख्य सचिव नियूक्तीको निर्णयमा आफु विश्वस्त रहेको पनि बताए ।
दलहरुवीच मतभेद रहेका संविधानका अन्र्तबस्तुमा सहमति नहुँदा सम्म प्रधानमन्त्रीको राजिनामा नआउने मन्त्री त्रिपाठीको भनाई थियो । पहिला संविधान कस्तो आउने र कसरी आउने कुरा स्पष्ट होस अनि सरकार परिवर्तनको कुरा स्विकार्न सकिन्छ त्रिपाठीले थपे ।
एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको सहयोग विना नयाँ सरकार निर्माण हुनै नसक्ने र निर्माण भए पनि टिक्नै नसक्ने ठोकुवा गर्दै उनले काग्रेस र एमालेले यो तथ्यलाई नबुझी अब्यवहारिक रुपमा सरकार परिवर्तनको कुरा गरिरहेको तर्क गरे । उनले सरकारले मंसिर ७ गतेकालागी संविधानसभाको निर्वाचनको घोषणा गरे पनि कानून भने जहिले पनि गर्न सक्ने गरेर खुल्ला रुपमा ल्याउन लागेको जानकारी दिदै दलहरुको सहभागिता विनाको जवरजस्ती निर्वाचन हुन नसक्ने स्पष्ट परे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर