‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय

७ फाल्गुन २०७५, मंगलवार ०२:२८ मा प्रकाशित

सुर्खेत, ६ फागुन । ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ ।

कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवर्निमित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्नुभयो । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा निर्माण गरिएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुनेछन् । आफ्नै भवन नहुँदा हालसम्म विद्यालय भाडामा सञ्चालित थियो ।

तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त भवन रु १२ करोड लागतमा पूरा भएको हो । कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताउनुभयो । कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

पश्चिम नेपालमा गरेको समाजसेवाको कदरस्वरुप म्यागीलाई अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले ‘हिरो अफ दि इअर–२०१५’ को उपाधिसहित एक लाख १० हजार डलर पुरस्कारबाट सम्मान गरेको थियो । विद्यालयका अर्का संस्थापक टोपबहादुर मल्लले अत्याधुनिक प्रविधिको विद्यालय भवन निर्माणमा ब्लांकनाउ फाउन्डेसन र फार्मर नामक संस्थाले सहयोग गरेको जानकारी दिनुभयो ।
विद्यालयमा जडित सौर्य ऊर्जाबाट दैनिक १५० किलोवाटको विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् उज्यालोका साथै खाना पकाउने, पानी सञ्चय तथा प्रशोधन गर्ने काममा समेत उपयोग गरिनेछ । सौर्य प्रणालीबाटै खाना पकाउने सोलार कुकर स्थापना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज