जिप दुर्घटनामा एकै परवारका १७ को मृत्यु

१३ श्रावण २०६९, शनिबार १२:१४ मा प्रकाशित

पाल्पा, १३ साउन । एकपछि अर्को गरी सडक दुर्घटनाको श्रृंखला चलिरहकै क्रममा गएको राती भएको जीप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । भारतबाट अस्तु सेलाउन आएको जीप राति १२ बजे दुर्घटना भए पनि आज बिहान ७ बजेमात्र दुर्घटना बारे जानकारी भएको थियो । दुर्घटनाबारे थाहा पाउंदा दुर्घटनास्थलमै १४ जनाको ज्यान गएको थियो भने बांकीको तानसेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मर्नेहरु एकै परिवारका सदस्य भएको बताइएको छ । मृत्यु हुनेमा ९ महिला, ४ बालबालिका र ४ पुरुष छन्। दुईको उपचार भइरहेको छ।
डीएल १ वाइ ४६७८ नम्बरको जीप दुर्घटनामा परेको हो। भारतको दिल्लीमा बस्दै आएको गुल्मी ठोर्गाका सतेन्द्र लामिछाने मगर परिवारका सदस्यहरु सबै दुर्घटनामा परेका हुन्। दिल्लीमै वितेका पिताको अस्तु विसर्जन गर्न आफ्नै भूमि आएका उनीहरुको दुर्घटनामा निधन भएको हो। मृत्यु भएकामध्ये चालक भने भारतीय नागरिक हुन्।
उद्दार गर्ने एम्बुलेन्स चालकका अनुसार राती १२ बजे दुर्घटना भएको थियेो । पाल्पा बौघापोखराथोक गाविसको जोर्ते ओरालोमा दुर्घटना भएको हो। बिहान मर्निङ वाक गर्न हिँडेका मानिसहरुले देखेपछिमात्रै दुर्घटना भएको थाहा भएको हो। मुल सडकबाट २० मिटर कच्चीबाटोतिर लागेपछि जीप खसेको देखिन्छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा प्रहरी नायव उपरिक्षक मीरा चौधरी सहितको प्रहरी टोली पुगेको छ। जिप करिव सय मिटर तल खसेको प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै चौधरीले बताइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा