
काठमाडौँ, २५ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रतिको जनआस्थालाई अभिवृद्धि गर्ने कार्यमा आफू प्रतिबद्ध रहेकोे बताउनुभएको छ ।
राष्ट्रिय न्यायिक प्रतिष्ठान र कानून समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘संवैधानिक इजलासको प्रभावकारिता विषयक’ कार्यक्रममा न्याय सम्पादन गर्ने कार्यमा केही सयमदेखि धर्मराउन पुगेको न्यायपालिकाप्रतिका जनआस्थालाई अभिवृद्धि गर्ने काममा लागेको बताउनुभएको हो । प्रधानन्यायाधीश राणाले संविधान कार्यान्वयनमा ठोस योगदान दिने र न्याय सम्पादनलाई छिटोछरितो र पारदर्र्शी बनाउन प्रभावकारी तरिकाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले संवैधानिक इजलासमा संविधानसँग बाँझिएका विवादहरु सुनुवाइ हुने भएकाले संविधानले व्यवस्था गरेअनुरुप आफूले क्रियाशील तरिकाले अगाडि बढाइरहेको जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले आम नागरिक र न्यायपालिका बाहिरको क्षेत्रले संविधानको कार्यान्वयन, सुशासनको प्रवद्र्धन र न्यायपूर्ण समाज निर्माणमा न्यायपालिकाबाट ठोस योगदानको अपेक्षाअनुरुप आफूले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको संविधान जारी भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास सञ्चालनमा आएको तीन वर्ष भएको छ । अहिले संवैधानिक इजलासमा करीब २०० मुद्दा छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई
काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली
काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको