श्रीमान् पसिना बगाउने, श्रीमती मस्तीमा पौडिने

१३ श्रावण २०६९, शनिबार ०८:०४ मा प्रकाशित


काठमाडौं, १३ साउन । भोटेचौर गाविसकी रुपा (नाम परिवर्तन)ले श्रीमान् विदेश गएको बेला चिनजानकै एकजनासंग यौन सम्पर्क गरेको थाहा पाएपछि उनलाई श्रीमान्ले छाडिदिए । त्यस्तै, सांगाचोकका हरि पराजुली वैदेशिक रोजगारका लागि १९ महिना कतार बसेर फर्कंदा श्रीमती बिमला पराजुलीले १२ वर्ष कान्छो केटासंग दोस्रो विवाह गरेको थाहा पाएपछि मर्माहत भए । उता, सांगाचोक–८ का विष्णु विक विदेश गएको चार वर्षपछि घर फर्कंदा श्रीमती गर्भवती भएको थाहा पाएपछि उनले पनि श्रीमती छाडिदिए ।
माथि उल्लेख गरिएका केही प्रतिनिधिमूलक घटनाहरु श्रीमान् विदेश गएको बेला यौन चाहना मेटाउनका लागि परपुरुषसंग शारीरिक सम्बन्धपछि उत्पन्न भएका हुन् । जिल्लाबाट वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिने क्रमसंगै घरमा बस्ने श्रीमतीहरु यौनचाहना मेटाउन परपुरुषसंग शारीरिक सम्बन्ध राख्न थालेपछि धेरै परिवारमा श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएको छ ।
श्रीमान्हरु लामोसमयसम्म विदेशमा रहने र घरमा रहेकी श्रीमतीको यौन चाहना बढ्दै जान थाले पछि श्रीमतीहरु इौन पयास मेटाउनका लागि परपुरुषसंग हिमचिम गर्ने घटनाका मुद्दा आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक महिनाको सुत्केरी रुपा केही समयदेखि ग्रामिण महिला सिर्जनशील परिवारको पुनस्र्थापना केन्द्रमा छिन् । उनी न हिंसामा परेर न त पारिवारिक दबाबमा परेर नै त्यहां आउकी हुन् । श्रीमान् विदेश गएको बेला अवैध यौन सम्पर्कबाट बच्चा जन्मेपछि उनलाई परिवारले छाडेकाले पुनस्र्थापना केन्द्रमा आश्रय लिइरहेकी हुन् । चार वर्षअघि स्याङ्जाबाट बिबाह गरेर भोटेचौर आएकी रुपाले बिबाहको केही महिनापछि नै श्रीमान्ले छोडेर वैदेशिक रोजगारीका लागि गएको जानकारी दिइन् । श्रीमान् विदेश गएको केही महिनामा उनको चिनजान पर्वतको एक युवकसंग भएको थियो । ती युवकसंगको घनिष्टता नजिकिंदै गएपछि आफूहरुबीच पटक–पटक यौन सम्पर्क भएको रुपाले बताइन् । ‘केही नभएको बेला उनलाई भेट्दा सारथी पाएजस्तो भयो, मलाई अप्ठेरो पर्दा उसले सहयोग पनि गथ्र्यो ।’
केही महिनाअघि रुपाका श्रीमान् विदेशबाट आउंदा श्रीमतीमा शारीरिक परिवर्तन देखेपछि उनले श्रीमतीलाई ‘तिमी त पहिलाको भन्दा फरक भइछ्यौ’ भन्दा उनले आफू मोटाएको मात्र बताएकी थिइन् ।
एक महिनाअघि सुत्केरी भएर बच्चा जन्माएपछि भने रुपाका परिवार अचम्भित भएका थिए । आफू नभएको बेला अन्यसंग यौन सम्पर्क गरेर बच्चा जन्माएपछि रुपाका श्रीमान्ले इलाका प्रहरी कार्यालयमा उजुरी गरे । त्यसपछि उनीहरुको सम्बन्ध छुट्टिएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले जानकारी दिए ।
२०६५ सालमा विदेश गएको सांगाचोकका विष्णु विक गत ३ फागुनमा घर फर्कंदा आफ्नी श्रीमतीलाई गर्भवती अवस्थामा भेटेपछि श्रीमतीसंग सोध्दा आफूले अनजानमा अन्य केटासंग यौन सम्पर्क राखेको बताएकी थिइन् । एक साताअघि मात्र जिल्ला प्रहरी कार्यालय परिसरमा उनीहरु अलग्गिएका छन् ।
पंच वर्षकी छोरीसहित गएको माघमा उनी काभ्रे माइती गएको बेला एकजना युवक आएर पानी मागेपछि आफू सो युवकसंग नजिक हुन थालेको सरिताले बताइन् । ‘उसंग यौन सम्पर्क गरेपछि मलाई कस्तो–कस्तो भयो, खुशी पनि लाग्यो दुख पनि लाग्यो,’ उनले भनिन् । ‘त्यो केटाको नाम के हो कहां बस्छ मलाई केही पनि थाहा छैन,’ सरिताले भनिन्– ‘श्रीमान्ले छाडिहाल्यो । अब जसरी पनि त्यो केटालाई खोज्छु ।’ उनले रुंदै अगाडि भनिन्, ‘म त घर न घाटको भएं, मैले गल्ती गरें, अब म तपाईंसंग बस्दिनं भनेपछि सहमतिले नै छोडेको हुं,’ बिष्णुको कथन छ ।
सांगाचोक–९ का हरि पराजुली पनि विदेशबाट १९ महिनापछि घर आउंदा श्रीमतीविहीन भए । ४० वर्षिया उनकी श्रीमती बिमला पराजुलीले आफूभन्दा आधा उमेरका फुल्पिङडांडाका रवीन विकसंग दोस्रो विवाह गरेकी थिइन् । २०४८ सालमा विमला र हरिको मागी विवाह भएको थियो । श्रीमान् लामो समय विदेशमा रहेकाले यौन प्यास मेटाउनकै लागि रवीनसंग बिमलाले दोस्रो विवाह गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामा केही वर्षदेखि प्रहरी कार्यालयमा यस्ता मुद्दा बढी नै आउने गरेको बताउंछन् । श्रीमान् विदेश गएको मौका पारेर जिल्लामा केही युवाहरुले आर्थिक प्रलोभनमा पारेर सम्पर्क गर्नेगरेको लामाको भनाई छ ।
महिलाको क्षेत्रमा लामो समयदेखि काम गर्दैआएकी ग्रामीण महिला सिर्जनशील परिवारकी प्रमुख नानीमैयां थापा भने एक्ली महिला देखेर युवाहरुले त्यसको फाइदा उठाउने गरेकोले यस्ता घटना बढेको बताउंछिन् । महिलाहरुलाई सुरक्षित मातृत्व प्रजननका बारेमा थाहा नहुंदा पनि यस्तो समस्या हुने गरेको थापाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार