पाकिस्तानी महिला अधिकारकर्मी हिरासतमुक्त

२४ माघ २०७५, बिहीबार २३:३५ मा प्रकाशित

इस्लामाबाद, २४ माघ (एएफपी) । पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त हुनुभएको छ ।

अरु १७ जनासहित पक्राउ पर्नु भएकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इनटरनेस्नलले प्रहरी हिरासतमा उहाँलाई स्वेच्छाचारी ढंगले राखेको आरोप लगाएको छ ।

उहाँहरुलाई पठान संबद्र्धन अभियानले मङ्गलबार गरेको शान्तिपूर्ण कार्यक्रमबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । पठान जनजातीको अधिकारको माग गर्दै उनीहरुले इस्लामावादमा प्रदर्शन गरेका थिए ।

“यो हिरासत बसाई म र मेरा आफन्तजनका लागि निकै पिडादायी भएको छ, गत तीन घण्टा म कहा थिए भन्ने पनि मेरा आफन्तजनले थाहा पाउनु भएनछ,” उहाँले हिरासतमुक्त भएपछि एएफपीसँग भन्नुभयो ।

उहाँ जागरुक छोरी नामक एक गैरसरकारी संस्थाकी उपसंस्थापक हुनुहुन्छ । विशेष गरेर लैङ्गिक समानताका लागि काम गर्दै आउनुभएकी इस्माइलीले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल