वरिष्ठताक्रम मिच्न खोजेपछि मुख्यसचिव नियुक्ति पनि विवादमा

१३ श्रावण २०६९, शनिबार ०७:४६ मा प्रकाशित


काठमाडौं, १३ साउन । सरकारमा सहभागी घटकहरुबीच सहमति हुन नसक्दा हिजो बसेको मन्त्रीपरिषद् बैठकले नयां मुख्यसचिवको टुङ्गो लगाउन सकेन । स्रोतका अनुसार मन्त्रीपरिषद् बैठकअघि अनौपचारिक छलफलका क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्यसचिवका रुपमा लिलामणि पौडेलको नाम प्रस्ताव गर्नुभएको थियो । तर मधेसी मोर्चाले असहमति जनाएपछि मुख्यसचिव नियुक्तिको विषयलाई बैठकमा औपचारिक रुपमा प्रवेश नै गराइएन ।
मुख्यसचिवमा प्रस्तावित १२ जनामध्ये वरिष्ठताको रोलक्रम मिचेर प्रधानमन्त्रीले आफूनिकटका लिलामणि पौडेलको नाम अघिसारेकोमा मोर्चाले आपत्ति जनाएको हो । रोलक्रम मिचेरै नियुक्त गर्ने हो भने मधेसीमूलका सचिव उमाकान्त झालाई नियुक्त गर्नुपर्ने मधेसीमन्त्रीहरुको अडान थियो । १२ जनामध्ये रोलक्रममा पहिलो नंबरमा सचिव शंकरप्रसाद कोइराला हुनुहुन्छ । अघिल्लो सरकारले पनि रोलक्रम मिचेर मुख्यसचिव नियुक्त गरेको तर्क गर्दै प्रधानमन्त्रीले आफ्नो स्वार्थका आधारमा पौडेलको नाम अघिसारेको विषयमा चर्को आपत्ति जनाइएपछि प्रधानमन्त्री पछिहटेका थिए । नियम मिच्ने नै हो भने इतिहास निर्माणका लागि मिच्न सकिन्छ भन्दै अर्का एक मन्त्रीले वृन्दा हाडालाई मुख्यसचिव बनाएर इतिहास रच्नुपर्ने तर्क गरेका थिए । तर, त्यस पक्षमा थप आवाज उठाउने कोही नभएपछि हाडाको विषय पनि त्यत्तिकै रहेको बुझिएको छ । २२ गते कार्यकाल समाप्त भई अवकासमा पर्ने मुख्यसचिव माधव घिमिरे भोलीदेखि बिदामा बस्दैछन् । उनी बिदामा बस्नुअघि नै कामु मुख्यसचिव तोक्ने प्रयास प्रधानमन्त्रीले गरेका थिए । अब भोली आइतबार बस्ने मन्त्रीपरिषद् बैठकले मुख्यसचिवको टुंगो लगाउने बताइएको छ । तर, वरिष्ठता मिचेर आफ्नो स्वार्थपुर्तिका लागि मात्र मुलुकको मुख्य प्रशासक नियुक्ति गर्न नमिल्ने भन्दै विपक्षीहरुले समेत आवाज उठाएकाले मुख्यसचिव नियुक्तिको विषयले विवादको रुप लिने समभवना भने बढेर गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको