संवैधानिक समितिको बैठक अनिश्चितकालका लागि स्थगित

३० फाल्गुन २०६८, मंगलवार ०८:१९ मा प्रकाशित

काठमाडौ, ३० फागुण । संविधानका अन्तरवस्तुमा सहमति जुटाउन आफ्नो मातहतमा रहेको विवाद समाधान उपसमितिलाई केही समय उपलव्ध गराउने निर्णयगर्दै संवैधानिक समितिको बैठक अनिश्चित कालकालागि स्थगित भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको संवैधानिक समितिको बैठकले सहमतिका लागि थप केही समय दिने निर्णय गरेको समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । बैठकमा उपसमिति संयोजक एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तरको प्रयासका बाबजुत सहमति जुट्न नसकेको बताउनु भएको थियो । बैठकपछि नेपाली काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले आज बस्ने विशेष समितिको बैठकले शान्ति प्रक्रिया सम्बन्धमा महत्वपूर्ण सहमति गरेमा संविधान निर्माणको काम सुचारु हुने बताउनुभयो । सहमतिका लागि उपसमितिलाई कति समय उपलव्ध गराउने भन्ने जिम्मा संविधानसभाको कार्यव्यबस्था समितिलाई लगाइएको संवैधानिक समिति सभापति आचार्यले जानकारी दिनुभयो । भावी संविधानको शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्याय प्रणाली, नागरिक्ता लगायतका बिषयमा लामो समयदेखि छलफल भए पनि दलहरुबीच सहमति हुन सकेको छैन ।
यसैबीच राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमा छलफल गर्ने विधिको बारेमा छलफल गर्न दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा बसिरहेको छ । सभामुख सुवास नेम्वाङको उपस्थितिमा जारी बैठकमा राज्यपुनर्संरचना आयोगको प्रतिवेदन कहाँ, कसरी छलफल गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता