भारतको राजदूतमा नीलाम्बर आचार्यको नियुक्तिसँगै शपथ

२० माघ २०७५, आईतवार २३:५० मा प्रकाशित

काठमाडौँ, २० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँलाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।
आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिनु भएको हो । नेपालको इतिहासमा राष्ट्र प्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो । राष्ट्रपतिबाट शपथ लिने उहाँ पहिलो नेपाली राजदूत हुनुहुन्छ ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने