अध्यादेशको भरमा मुलुक नचलाउन राष्ट्रपतिको सुझाव

१३ श्रावण २०६९, शनिबार ०७:४० मा प्रकाशित


काठमाडौं, १३ साउन । सरकारले संविधानसभा निर्वाचनका लागि दुई अध्यादेश राष्ट्रपति डा. रामवरण यादवसमक्ष पेश गरेको छ । मन्त्रीपरिषद्बाट पारित गरी संविधानसभा सदस्य र निर्वाचनसम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो । राष्ट्रपति यादवलाई हिजो भेट गरी प्रधानमन्त्री बाबुराम भट्टरार्ईले मन्त्रीपरिषद्को निर्णयअनुसार दुई अध्यादेश स्वीकृत गर्न आग्रहसमेत गर्नुभएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार भेटमा प्रधानमन्त्रीले मन्त्रीपरिषद्ले पारित गरी राष्ट्रपति कार्यालयमा पठाइएको अध्यादेशबारे जानकारी गराउंदा राष्ट्रपति यादवले अध्यादेश ल्याउनै पर्ने कारण, त्यसको आवश्यकता र औचित्यबारे जिज्ञासा राख्नुभएको थियो । उहांले ती कानून परिवर्तनको आवश्यकता र औचित्य पुष्टि गर्न र दलहरुको सहमति जुटाएर मात्र अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । ‘सरकारले पठाएका दुबै अध्यादेश अध्ययनको प्रक्रियामा रहेको छ, स्वीकृत भएको छैन’, राष्ट्रपतिका प्रेस सल्लाहकार दाहालले भन्नुभयो ।
स्मरण रहोस्, यसअघि बुटवलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नेक्रममै अध्यादेशको भरमा मात्र मुलुक चलाउने प्रयत्न गर्नु अहिलेको परिस्थितिमा ठिक नहुने भन्दै राष्ट्रपतिले आफ्नो धारणा सार्वजनिक गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा