अमेरिका आएनएफ सन्धिबाट फिर्ता हुने घोषणा

१८ माघ २०७५, शुक्रबार २२:२६ मा प्रकाशित

वासिङ्टन, १८ माघ (एएफपी)। शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ ।

अमेरिकाले सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको छ ।

शनिबारदेखि लागुहुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने बताइएको छ ।

आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी छ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी एक विज्ञप्तिमा बताइएको छ ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ ।

नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेटोमा सम्लग्न अमेरिका सहयोगी राष्ट्रहरूले आइएनएफबाट फिर्ता हुने निर्णयलाई पूर्णतया समर्थन गर्नेछ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको