नेपालको कूटनीतिका बारेमा जानकारी

१८ माघ २०७५, शुक्रबार २२:२४ मा प्रकाशित

काठमाडौँ, १८ माघ । परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभाव र नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी गराउनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता थियो ।

“गत वर्ष विदेशसँगको परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध कस्तो भएको थियो त्यसबारेमा मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो”, डा भट्टराईले भन्नुभयो, “यसभन्दा अगाडि परराष्ट्रमन्त्रीले कूटनीतिका सम्बन्धमा गराएको जानकारीका बारेमा समेत छलफल भयो ।”

उहाँका अनुसार नेपालको आन्तरिक नीति, तिनमा अन्तर्राष्ट्रिय समुदायको प्रभाव र आन्तरिक नीतिले बाह्य सम्बन्धमा पारेका असरबारेमा मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

सो अवसरमा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले नेपालमा लगानी गर्नका लागि आवश्यक कानूनी विषयमा समेत चासो राखिएको बताइएको छ । लगानी सम्मेलनबारे कूटनीतिक नियोगले राखेका प्रश्नको जवाफ अर्थमन्त्री डा युवराज खतिवडाले दिनुभएको थियो । सरकारले आगामी चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ । गोरखा भूकम्पपछि विसं २०७२ असारमा भूकम्पपछिको पुनःनिर्माणका लागि नेपालले दाता मुलुक र संस्थाहरु बोलाएर सम्मेलन गरेको थियो । विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिले गत वर्ष नेपालको कूटनीतिक क्षेत्रमा राम्रो प्रगतिसमेत भएको बताउनुभएको डा भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको