भारतले हेपेको भन्दै आमरण अनसनको तयारी

१३ श्रावण २०६९, शनिबार ०७:३६ मा प्रकाशित


काठमाडौं १३ साउन । बाबा रामदेवद्वारा संरक्षित पतञ्जली योगपिठ, नेपालले भारतीय सरकारको हेपाहा प्रवृत्तिविरुद्ध एकजुट हुन आह्वान गरेको छ । भारतीय परम्परा र संस्कृतिलाई विश्वभरी फैलाउने नेपाली मुलका भारतीय नागरिक आचार्य बालकृष्णलाई भारतको केन्द्रीय जांच ब्यूरो सीवीआईले नक्कली प्रमाण तयार पारी पासपोर्ट बनाएको आरोप लगाएर गिरफ्तार गर्नु सम्पूर्ण नेपालीमाथिको भारतीय हेपाहा प्रवृत्ति भएको भन्दै त्यसको विरुद्ध एकजुट हुन योगपिठले आह्वान गरेको हो ।
आयुर्वेद शिरोमणि आचार्य बालकृष्णलाई नेपाली मूलका भारतीय नागरिक भएकै कारण विनाप्रमाण जेल हाल्न खोजेको अरोप लगाउंदै यसले भारतमा गई काम गर्ने लाखौ साधारण नेपालीमाथि भारतले कस्तो ब्यवहार गर्छ भन्ने प्रष्ट भएको योगपिठसम्वद्ध व्यक्तिहरूले आरोप लगाए । संस्थाले भरतमा बसेका आम नेपालीहरूको जीवन सुरक्षाको लागि पनि भारतीय केन्द्रीय सरकारको निन्दनीय कार्यका विरुद्ध जागरुक हुन सम्पूर्ण नेपालीहरूलाई आव्हान गरेको छ ।
योगपिठद्वारा प्रेस विज्ञप्तीमा भनिएको छ– ‘भगवान श्रीराम, गौतम बुद्ध, माता सीताका समयदेखि रहेको नेपाल भारतको सांस्कृतिक सुमधुर सम्बन्ध र सद्भावपूर्ण भाइचारालाई तोड्न भारत सरकारले षड्यन्त्र गरेकोले विश्वमा छरिएर रहेका नेपालीहरूले आयुर्वेद शिरोमणि आचार्य बालकृष्णमाथि गरिएको बद्नियतपूर्ण तरिकाले गरेको षड्यन्त्रप्रति खरो रुपमा प्रतिवाद गर्न आव्हान गर्दछौं ।’
पतंजली योगपीठका ट्रष्ट्री शालिग्राम सिंहले भने– ‘भारतबाट प्रकाशित हुने इण्डिया टुडे र आउट लुकमा भारतीय युवाहरूमा टपटेनमा राहुल गान्धीपछि बालकृष्णको नाम प्रकाशित भएदेखि नै विस्तारवादी सोचको भारतले नेपाली मुलका भारतीय नागरिक भएकै कारण बालकृष्णलाई षड्यन्त्रपूर्वक जेल चलान गरेको छ, उनलाई नछोडे हामी सम्पूर्ण धार्मिक संगठनहरू मिली आमरण अनशनको कार्यक्रम ल्याउने छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ