जिबोटीमा डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता : आइओएम

१६ माघ २०७५, बुधबार २३:०३ मा प्रकाशित

अदिस अबाबा, १६ माघ । उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १३० आप्रबासी शरणार्थी वेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रबासी संगठन (आइओएमले) बुधबार जनाएको छ ।

आइओएमद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त संगठनले भनेको छ, “जिबोटीको ओबोक क्षेत्र नजीकै मङ्गलबार बिहान भएका डुङ्गा दुर्घटनामा १३० जनाभन्दा बढी आप्रबासी शरणार्थी डुबेर वेपत्ता भएका छन् ।”

अहिलेसम्म दुई जनालाई जीवितै र तीन महिलाको मृत शरीरलाई उद्धार गरिएको आइओएमले बताएको छ ।

वेपत्ता यात्रुहरूको खोजी अझै जारी रहेको भए पनि उनीहरू पानीमा वेपत्ता भएको करिब २४ घण्टा भएकोले जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण रहेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि वेपत्ता भएका नागरिक कुन देशका थिए भन्ने बारेमा पनि आइओएमले जनाएको छैन ।

गरीब इथियोपियाली नागरिकले राम्रो आर्थिक अबसरको खोजीमा उक्त बाटो गरेर अरबेली प्रायद्वीपमा छिर्ने गरेका छन् । रेड सी पार गर्ने क्रममा डुबेर वा खाने पानीको अभावमा बर्षेनी हजारौ मानिसले ज्यान गुमाउने गरेका छन् ।

पछिल्ला बर्षमा इथियोपियाली सरकारले रेड सीको मार्ग प्रयोग गरेर यात्रा गर्दा जीवन खतरामा पर्नसक्ने भनी स्थानीय छापा तथा प्रशारण सञ्चारमाध्यममा दिने गरेका सचेतनामुलक विज्ञापनलाई हटाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९