सरकारले निष्पक्ष चुनाव गर्न सक्दैन : थापा

१२ श्रावण २०६९, शुक्रबार १७:१० मा प्रकाशित

काठमाडौं, १२ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको संकटको निकास निर्वाचन भएपनि वर्तमान सरकारले सरकारले निष्पक्ष चुनाव गराउनै नसक्ने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रमा उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि बहालबाल वा पूर्व न्यायाधिशको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने बताए । एमाओवादीले निर्वाचनको नाममा सर्वसत्ताबाद लाद्न खोजेको दावी गर्दै उनले सरकारले घोषणा गरे अनुसार मंसिर–७ गते निर्वाचन हुनै नसक्ने बताए ।
उनले दलहरु असफल भईसकेकोले अब तीन दलको सहमति मात्रै राष्ट्रिय सहमति नहुने बताएका छन् । यसैवीच, थापाले आफूले विगतमा राज्यले पूर्व गृहमन्त्रीको हैसियतमा दिएको सुविधा नलिएको भन्दै पुनः नलिने दोहराएका छन् । उनले आफूले सरकारी सुविधा नलिने भनेर गृहमन्त्रालयलाई जानकारी गराईसकेको बताए । पूर्व सरकार प्रमुख र राष्ट्रप्रमुखलाई परदर्शी ढंगले राज्यले सुविधा दिन सक्ने भएपनि गृहमन्त्रीलाई सुविधा दिनुको कुनै औचित्य नभएको थापाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको