‘भेनेजुएलाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन’

१५ माघ २०७५, मंगलवार २२:४८ मा प्रकाशित

काठमाडौँ, १५ माघ । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डको वक्तव्य पछि आक्रोशित बनेको अमेरिकाले सरकारी धारणा मागेको एक दिन नवित्दै नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले आज एक विज्ञाप्ति जारी गरि भेनेजुएलाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन भनेको छ । नेपाल सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको र भेनेजुएलाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने स्पष्ट पारेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै भनेको छ, “कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन, आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक मापदण्ड र लोकतान्त्रिक मूल्यमान्यतानुसार हुनुपर्छ ।” भेनेजुएलाको अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय त्यहाँका जनतामा निहित रहेको यथार्थ वक्तव्यमा समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको