दीपक मनाङेद्वारा शपथ

१४ माघ २०७५, सोमबार २२:५२ मा प्रकाशित

पोखरा, १४ माघ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराउनुभयो । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी हुनुभएका उहाँ शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन ।

सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उहाँले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिनुभएको थियो । शपथपछि उहाँले सरकारको कामको आधारमा सहयोग गर्ने बताउनुभयो । समग्र प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, शिक्षा लगायतको विकासमा आफू सक्रिय बन्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको